सिरहामा आज देखि अति आवश्यक सेवा बाहेक सबै बन्द,सीमाना नाका सिल,सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ बैशाख २३, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail


राजेन्द्र महतो । सिरहा लहान । बैशाख २२ गते
जिल्ला कोभिड –१९ सकट् व्यास्थापन समिति (डीसीसीएमसी)सिरहाले वैशाख २३ गते देखि जिल्ला भर थप कडाइ गर्ने भएको छ । जिल्लामा कोरोना संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै डीसीसीएमसीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक पसलबाहेक हाटबजार, मेला, भेला, सामूहिक भोज, नाचगान तथा जुलुस ¥याली अर्को निर्णय नहुञ्जेलसम्म गर्न पाइने छैन । खाद्यान्न, फलफूल, तरकारी तथा निर्माण सामग्रीका पसल बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म तथा औषधि पसल, पानी उद्योग, दूध डेरी र पेट्रोल पम्प सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गरी निर्वाध रूपमा सञ्चालन गर्न पाउने छ । वैशाख २३ गते देखि भाडाका यात्रु बाहक तथा परिचय पत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय भएको छ । यस्तै सैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि डीसीसीएमसी बैठकले गरेको छ । यस्तै विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय पनि भएको छ।त्यस्तै बैठकले सिमानानाका पूर्णरूपमा सिल गरी आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस