
नुवाकोट । नुवाकोटको बेलकोटगढीमा रुख ढलेर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । वडा न..९ नलगाउँस्थित आलडाँडामा आज बिहान रुख काट्ने क्रममा भएको उक्त दुर्घटनामा स्थानीय ३३ वर्षिय प्रेमबहादुर तामाङ मृत्यु भउको हो ।
उनको कुटमिरोको रुख काट्दै गर्दा ढलेको रुखको हाँगाले लागेर घटनास्थलमै ज्यान गएको बाघखोर प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी सहायक निरिक्षक रुपक थापाले जानकारी दिनुभयो । सो घटनामा अन्य दुई जना सहयोगीसमेत घाइते भएका छन्। त्यस्तै, बेलकोटगढी नगरपालिका वडा नम्बर १० का माधब भुजेल र अरुण तामाङ सख्त घाइते भएका छन्। घाइते अरुणको अवस्था गम्भीर रहेको र उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।
रुख काट्ने क्रममा अचानक भएको दुर्घटनाले भएको क्षति र घटनाबारे थप अनुसन्धान भइरहेको र त्यसका लागि जिल्ला प्रहरी कार्यालयबाटसमेत प्रहरी निरिक्षक हरिबोल केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पुगेर आवश्यक प्रकृया पुरा गरी त्रिशूली जिल्ला अस्पतालमा पोष्टमार्टमको लागि पु¥याइएको छ ।

उहाँ Sarbochcha Nepal डट कम का लागि डेस्क प्रमुख हुनुहुन्छ |
