संघिय शिक्षक फोरम नेपाल सोनमा गा पा कार्य समिती द्वारा जनचेतना तथा मास्क बितरन

  • Sarbochcha Nepal
  • / शिक्षा /
  • २०७८ जेष्ठ ५, बुधबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

धर्मेन्द्र कुमार यादव( महोत्तरी, जेठ ०४ गते
विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस बाट आफु बच्न र अरुलाइ बचाउनको लागि महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा संघिय शिक्षक फोरम नेपाल सोनमा गाउ पालिका कार्य समिती द्वारा मंगलवार जनचेतना कार्यक्रम तथा मास्क बितरन गरेका छन संघिय शिक्षक फोरमको पुर्व घोसित कार्यक्रम अनुसार वाड नं १ को गौशाला सम्सी सडक खण्ड, सम्सि बजार, वाडा नं ३ को रघुनाथपुर बजार र वाडा नं ५ को खैरबनी चौकमा जनचेतना तथा मास्क बितरन गरेका छन। कार्यक्रममा आवत जावत गर्ने लाई कोरोना बाट बच्ने उपाय, र मास्क सेनिटाइजरको महत्वको साथै मास्क बितरन गरेका थिए।
जनचेतना तथा मास्क बितरन कार्यक्रममा संघिय शिक्षक फोरम सोनमा गाउँ पालिका अध्यक्ष लालबाबु यादव, कोषाध्यक्ष दिलिप यादव, सचिव अरुण यादब, सदस्य चन्देश्वर यादव, जिल्ला अध्यक्ष कौशल यादव, जिल्ला सदस्य धर्मेन्द्र कुमार यादव, गापा सदस्य इन्द्रदेव यादव, बिनोद ठाकुर, राज किशोर साह, सोनमा गाउपालिका का उप प्रमुख बिभा देवी साह, जिल्ला सदस्य श्रवन साहको साथै प्रहरी चौकी रघुनाथपुरका इन्चार्ज, शसस्त्र प्रहरी रघुनाथपुरका इन्चार्ज सुर्यबहादुर को उपस्थिती रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस