नेपाल पत्रकार मञ्चलाई सिम्फोटेक प्रा.लि.ले माक्स तथा सेनिटाइजर हस्तान्तरण

  • Sarbochcha Nepal
  • / राष्ट्रिय /
  • २०७८ जेष्ठ २९, शनिबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । जेठ २८ गते ।
कोरोना संक्रमणका बीचमा अग्रभागमा क्रियाशील पत्रकारहरुका सुरक्षाको निम्ति नेपाल पत्रकार मञ्चलाई सिम्फोटेक प्रा।लि।ले माक्स तथा सेनिटाइजर उपलब्ध गराएको छ । नेपाल पत्रकार महासंघको एशोसियट शाखा नेपाल पत्रकार मञ्च आबद्ध पत्रकारहरुका निम्ति वितरण गरिने उक्त सामग्री सिम्फोटेक प्रा।लि।का निर्देशकद्वय शुभम अग्रवाल तथा खडानन्द शर्माले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा कम्पनीका निर्देशक खडानन्द शर्माले कोभिड–१९ को महामारीका बीचमा पनि उच्च जोखिम मोल्दै नागरिकलाई सचेत गराउने कार्यमा अग्रभागमा क्रियाशील सञ्चारकर्मीहरुलाई सानो भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कम्पनीको उद्देश्य अनुरुप उक्त कार्य गर्न पाउँदा आफूहरुलाई खुशी लागेको छ ।’ कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले अहिलेको जटिल परिस्थितिमा अग्रभागमा क्रियाशील पत्रकारहरुका निम्ति स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउने सिम्फोटेक कम्पनीलाई धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तो कार्यमा सहकार्य हुने आफूहरुले अपेक्षा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सञ्चारकर्ममा क्रियाशील सञ्चारकर्मीहरुलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीले संस्थागत सहयोग र सहकार्यको निम्ति सहज वातावरण सिर्जना भएको छ ।’ यसअघि कम्पनीले पाटन अस्पतालमा अक्सिजन कन्सन्टे«टर, मेमेरी कार्ड, मास्क तथा सेनिटाइजर वितरण गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस