सप्तरीमा कोभिड–१९ विरुद्ध दोस्रो खोप लगाएकै दिन एक जनाको मृत्यु

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ अषाढ २८, सोमबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


नवीन कुमार यादव सप्तरी ( २७ गते

सप्तरीमा कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाएकै दिन एक जनाको मृत्यु भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ६५ बलराम मण्डलले प्राथमिक स्वास्थ्य सेवा केन्द्र तोपा पुगेर दोस्रो मात्राको खोप लगाएका थिए ।मण्डललाई असहज भएपछि उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।

मृतकको कारण कोभिड खोप होइन्, उहाँले दिउँसो १२ बजेतिर नै दोस्रो मात्राको खोप लगाए पछि गाउँकै एउटा पञ्चायतीमा सहभागी भएर साँझ मदिरा सेवन गरेपछि उहाँलाई असहज भएको थियो ।’उहाँलाई उपचारको लागि अस्पताल ल्याउन लागिएकोमा बाटैमा उहाँको मृत्यु भएको निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस