एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ श्रावण ८, शुक्रबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail


राकेश चौरसिया । वीरगंज, ७ साउन ।
पर्सामा आयोजना गरिएको एक दिने निःशुल्क आँखा परीक्षण शिविरमा दुई सय ९५ जनाको आँखा परीक्षण गरिएको छ । श्री पन्नालाल विद्यादेवी प्रतिष्ठान, विश्रामपुर बहुदरमाई–९ युवा समूहले पर्साको बहुदरमाई नगरपालिका विश्रामपुरस्थित भंगी साह कलेजमा आयोजना गरेको एक दिने निःशुल्क आँखा परीक्षण शिविरमा दुई सय ९५ जनाको आँखा परीक्षण गर्दा एक सय १५ जना मोतिबन्दुको विरामी फेला परेका छन् । माट्रिका आइ फाउण्डेसनको सहयोगमा आयोजित सो शिविर कार्यक्रमका सभापतित्व डा. अरुण यादवले गर्नु भएको थियो । प्रमुख अतिथि नेपाल तरुण दलका केन्द्रिय पार्षद हुकुम सिंह राजपुत, विशिष्ट अतिथि नेपाल प्रेस युनियनका पर्सा जिल्ला सचिव लाल किशोर सिंह, बार एशोसिएनका पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश गुप्ता, भङ्गीलाल कलेजका प्रधानाध्यापक सुधाकर उपाध्याय, सन्तोष कुमार साह, वडा नं. ९ का कार्यालय प्रमुख दिनेश कुम्हाल, सागर साह, विकास साह लगायतको उपस्थिति रहेको थियो । परीक्षणको क्रममा फेला परेका एक सय १५ जना मोतिबिन्दुका विरामीहरुको आँखाको अपरेसन माट्रिका आइ फाउण्डेसनमा शुक्रवार, शनिवार र सोमबार गरिने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस