अख्तियारका टोलीले मेयर पटेल सहित ४ जनालाई गरे पक्राउ

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ फागुन १५, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

राैशन कुमार चाैधरी । फाल्गुन १५ गते । राैतहट

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले लाखौं घुस सहित मेयर धर्मेन्द्र पटेललाई आइतवार पक्राउ गरेको छ । रौतहटको जिल्लाकाे मध्य भागमा रहेकाे देवाही गोनाही नगरपालिकाका नगर प्रमुख पटेल घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

मेयर पटेल सहित नगरपालिकाका योजना प्रमुख मुकेश पटेल, सह लेखापाल प्रदिप यादव र मेयरका सहयोगी अशोक पटेललाई उक्त रकम र चेक सहित मेयर कक्षबाटै रङ्गे हात पक्राउ गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

मेयर पटेल सहित चारै जनालाई षडयन्त्र गरी फसाइएको भन्दै स्थानीयहरुले नगरपालिका कार्यालय घेराउ गरी प्रदर्शन समेत गरेको थियो ।
अख्तियारको टोलीले नगरपालिकाका विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातहरु समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । सोही नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको छ ।

मेयर पटेलले एक जनासँग घुस रकम मागेको जानकारीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट गएको टोलीले छापा मारी उनिहरुलाई पक्राउ गरिएको र थप अनुसन्धानकाे लागि काठमाडौं लगिएकाे भण्डारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस