माबि भषेडवामा छात्रछात्राहरुलाई छात्रबृती रकम बितरण

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ चैत्र ११, शुक्रबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

सागर संगम ठाकुर । रौतहट । चैत १२ गते
रौतहटको कटहरिया नगरपालिका—१ भषेडवामा रहेको श्री माध्यमिक बिधालयका छात्रछात्राहरुलाई छात्रबृती रकम बितरण गरिएको छ ।
बिधालय ब्यवस्थापन समितका अध्यक्ष हरिलाल यादवको अध्यक्षतामा भएको बितरण कार्यक्रममा बिधालयका प्रधानाअध्यापक सचिन्द्र प्रसाद यादव कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधीले बितरण गरेका हुन ।
कटहरिया नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९मा उपलब्ध गराएको रु ९८ हजार रुपैयामा बिधालयले नौ सय रुपैया थप गरी कक्षा एक देखि कक्षा आठ सम्मका कुल चार सय दश जना बिधार्थीहरुलाई उक्त छात्रबृती रकम हस्तान्त्रण गरिएका छन ।
बिधालयले दलित समुदायका ७१ जना छात्र र १०२ जना छात्रा गरी एक सय तिहतर जना छात्रछात्राहरुलाई तिन सयको दरले र अन्य छात्राहरुलाई २ सयको दरले गरी जम्मा चार सय दश जना बिधार्थीहरुलाई बितरण गरिएको बिधालयका प्रअ यादवले बताउनु भयो ।
छात्रबृती बितरण कार्यक्रममा बिधालयका ब्यवस्थापन समितका सदस्य रामबिर ठाकुर वडा अध्यक्ष राज कुमार साह,रामकमोध प्रसाद यादव, बिणा देवी,
पावर्ती देवी, चुनु यादव,सुखाडी ठाकुर,बालमिकी यादव, दयाराम दास, छात्रछात्राहको अभिभावक लगाए स्थानियबासीहरुको रोहवरमा छात्रबृती बितरण कार्यक्रम संम्पन भएको जानकारी दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस