रौतहटमा बेवारिस अवस्थामा पुरुषको शव फेला

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ चैत्र २८, सोमबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


रमेश कुमार यादब
चैत २७ ,रौतहट
रौतहटमा एक जना मानिसको शब बेबारिसे अवस्थामा फेला परेको छ ।जिल्लाको सदरमुकाम गौर नगरपालिकाको क्रान्ति चौक स्थित एक बृद्ध बेबारिसे अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।गौर नगरपालिकाको वार्ड नं.१ क्रान्ति चौक गेट स्थित रहेको प्रतिक्षालयमा आज आईतबार बिहान ११ बजे लडिरहेको अवस्थामा अन्दाजी करिब ६५ बर्षिय पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटका डिएसपी सुनिल मल्ल जानकारी दिनु भएको छ ।उक्त शबलाई पोष्ट माटमको लागी जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यलय रौतहट जनाएको छ ।शबको अहिले सम्म सनाखत हुन सकेको छैन उक्त शबलाई चिन्न हुन आफन्तहरुलाई जिल्ला प्रहरी कार्यलयमा सम्पर्क गर्न हार्दिक अनुरोध गरेका छन ।घटनाको बारेमा थप अनुस्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहट जनाएको छ । गत चैत २५ गते रौतहट जिल्लाको यमुनामाई गाउपालिकाको वडा नं.२ भेडियाही स्थित लमहा नदिमा नाम थर, वतन नखुलेको अं. ६५।७० बर्षकी वृद्ध महिला पानीमा डुवी मृत्यु भएको बेवारिसे अवस्थामा शब फेला परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस