गरुडामा नेकपा एमाले पार्टीको मेयर पदको उम्मेदवार जैसवालले प्यानल सहित गराए मनोनयन दर्ता

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७९ बैशाख १२, सोमबार (३ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail


रमेश कुमार यादब
बैशाख १२ ,रौतहट
उम्मेदवारी दर्ताको दोश्रो दिन रौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडामा नेकपा एमाले पार्टीले व्यापक समर्थकहरुका साथ मनोनयन दर्ता गराएका छन ।रौतहटको गरुडा नगरपालिकमा सोमबार नेकपा एमाले पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार कन्थमनी प्रसाद जैसवाल र उपमेयर पदमा ज्ञानकला देवी साहले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेका तर्फबाट ९ वटै वडाअध्यक्षहरुले समेत मनोनयन दर्ता गरेका छन ।रौतहट जिल्लाको धरोहरको रुपमा रहेको श्री राम सुगर मिल्स प्रा.लिमिटेडको प्राङ्गणबाट सुरु भई गरुडा नगरपालिकाको परिक्रममा गरि निकै ठूलो संख्यामा जुलुस सहित निस्कीएको नेकपा एमालेको ¥यालीले नगर परिक्रममा गर्दै गरुडा नगरपालिकको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएको हो । हजारौंका संख्यामा रहेको समर्थकहरुका साथ निस्कीएको जुलुसले गरुडामा नेकपा एमाले पार्टी बलियो रहेको सन्देश समेत दिएको छ । नेकपा एमाले पार्टीको तर्फबाट वडा नं.१ बाट केदार ठाकुरले उम्मेदवार दिएका छन भने , वार्ड नं. २ बाट शैलेन्द्र यादब , ३ बाट शम्भु सहनी , ४ बाट रामबाबु साह, ५ बाट आन्नदी यादब , ६ बाट रामबाबु चौधरी , ७ बाट दिनेश यादब , ८ बाट सदरे आलम , ९ बाट गोपाल सहनीको उम्मेदवारी परेको छ । यसपाली गरुडाको मुहार फेर्ने अवस्थामा हुने मेयरका समर्थकहरु बताए । “ गरुडाको सर्वागिक विकासका लागी स्थानियहरुले यस पटक परिवर्तन चाहेका छन ।” नेकपा एमाले तर्फबाट मेयरका उम्मेदवार जैसवालले भने “ गरुडा नगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा खेलकुदको क्षेत्रमा धेरै नै पछाडी रहेको बताए ।यस क्षेत्रका बिकासका लागी मेरो प्यानलको उम्मेदवारी रहेको छ ।आउदो बैशाख ३० गते हुने आसन्न स्थानिय तहमा नेकपा एमालेलाई एक मत दिई बिजय गराउन मेयर प्रत्याशि जैसवाल आग्रह समेत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस