मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रममा भ्रष्टाचार, प्रदेश सचिवसहित  १० जनाविरुद्ध मुद्दा

  • Sarbochcha Nepal
  • / राष्ट्रिय /
  • २०७९ श्रावण १८, बुधबार (३ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

मधेस प्रदेश सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रम’मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसालसहित  १० जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सो कार्यक्रममा १० करोड बढी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।

साइकल खरिदमा ब्राण्ड नै नखुलेको सस्तो साइकल दिएर भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।  अख्तियार स्रोतका अनुसार अहिले अदालतमा मुद्दा दर्ताका लागि रुजु हुँदै गरेको छ । दुईवटा मुद्दा दर्ताको प्रकृयामा रहँदा एउटा मुद्दामा ६ जना र अर्को मुद्दामा ४ जनाविरुद्ध मुद्दा दर्ता हुने प्रक्रियामा रहेको अख्तियार स्रोतको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस