कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

  • Sarbochcha Nepal
  • / राष्ट्रिय /
  • २०७९ श्रावण १९, बिहिबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

पूर्वी पहाडमा अविरल परेको वर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रित भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहावमा नियन्त्रण नआए पछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम वस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाव भने अझै कम भएको छैन ।

उनका अनुसार अविरल तथा तीव्र बहावका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । थप क्षतिको विवरण संकलन भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस