राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको सूची, पहिलो नम्बरमा रश्मीराज

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ आश्विन ३, सोमबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ ।

नेता हिमलाल पुरीका अनुसार प्रतिनिधिसभाको ११० जनाकै सूची बुझाइएको छ । पहिलो नम्बरमा उपाध्यक्ष रश्मीराज नेपालीको नाम छ भने दोस्रो नम्बरमा अर्का उपाध्यक्ष जनकराज शर्मा छन् । प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस