बिमानस्थलबाट सन्दीप लामिछाने पक्राउ, हतकडी नलगाउन आग्रह प्रहरीले मानेन

  • Sarbochcha Nepal
  • / राष्ट्रिय /
  • २०७९ आश्विन २०, बिहिबार (३ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार पक्राउ परेका छन् ।

नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् ।

कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई पक्राउ गरिएको हाे। प्रकाउ गरेपछि सन्दीपले आरोप  प्रमाणित नभएकाेले हातमा हत्कडी नलगाउन प्रहरी सामु बिन्ती गरेपनि प्रहरीले साे विन्ती अस्वीकार गरेकाे थियाे । हत्कडी लगाएकाे ठाँउमा उनले सेताे रूमालले ढाकेका थिए ।

गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए ।

प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ५ गते बिहान साढे १२ बजे बलात्कार गरेका जाहेरी दिएकी थिइन् । यसैका आधारमा प्रहरीले हाेटेल र सम्बन्धित किशाेरीसँग अनुसन्धान गरी थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेकाे हाे ।

क्यानले पनि साे आराेपलागेसँगै सन्दीपलाई निलम्बन गरेकाे छ भने नैरोबीमा पनि उनी खेल खेल्न पाएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस