जसपाबाट मेयरका प्रत्याशी एमालेमा प्रवेश

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ आश्विन २२, शनिबार (३ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

रौतहटका जनता समाजवादी पार्टीका जिल्ला सदस्य तथा  मेयर प्रत्याशीसहितका नेता-कार्यकर्ता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रदेश तथा प्रतिनिधिसभा मनोनयन दर्ता गर्न दुई दिन बाँकी छँदा स्थानीय फतुवाविजयपुर नगरपालिकाका जसपाका मेयर प्रत्याशी अजय यादव लगायतका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन्। 

नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहको पहलमा बालकोटमा शुक्रबार साँझ आयोजित एक समारोहबीच यादवका साथै जसपाका केही वडा अध्यक्षका प्रत्याशीसमेत एमालेमा प्रवेश गरेका थिए । एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस