ओलीको निर्वाचन क्षेत्रमा २८ उम्मेदवारमध्ये १४ स्वतन्त्र

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ आश्विन २६, बुधबार (३ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन् । ओलीसहित १४ जना विभिन्न दलबाट उम्मेदवार बन्दा अन्य १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।


झापा–५ मा एमाले अध्यक्ष ओलीका अतिरिक्त नेपाली कांग्रेसका खगेन्द्र अधिकारी, जसपा नेपालका ओममाया आङदेम्बे, नेमकिपाका रुद्रप्रसाद दाहाल, लोसपा नेपालका चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीका भीम राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कविन्द्र शेर्मा लिम्बू, नेशनलिस्ट पिपल्स पार्टीका राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, नेपाली कांग्रेस (बीपी) का सेखरनाथ सेडाइ, सचेत नेपाली पार्टीका रामप्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल उम्मेदवार छन् ।

यस्तै रेवती रमण खनाल, रोहित प्रसाद पौड्याल, कल्पना लावती, शान्ता अधिकारी, तिर्थेश्वर चौधरी, सिताराम पोख्रेल, भेषराज भट्टराई, विष्णुप्रसाद सिग्देल, केदारनाथ चापागाई, दिपककुमार पाठक, रामचन्द्र बानियाँ, तुलसीराम काफ्ले, सुलोचना राजवंशी र इन्द्रमणी दाहाल स्वतन्त्र उम्मेदवार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस