समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुग्यो

  • Sarbochcha Nepal
  • / राष्ट्रिय /
  • २०७९ आश्विन ३०, आईतबार (३ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

आगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र ढुवानी गरिरहेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।

हाल समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ।

प्रत्यक्षतर्फ पनि १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस