समानुपातिक मतगणन

करोड नाघ्यो समानुपातिक मतगणना : कुन दलले ल्याए कति मत ?

रास्वपाले पायो ५० प्रतिशत मत
करोड नाघ्यो समानुपातिक मतगणना : कुन दलले ल्याए कति मत ?
२६ फागुन, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना १ करोड नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो एकीकृत विवरण अनुसार देशभर हालसम्म १ करोड २० हजार ४२० मत गणना भइसकेको छ ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वर्चस्व कायम राख्दै ४९ लाख १४ हजार ५ सय ४२ मतका साथ अग्रता लिइरहेको छ ।

पछिल्लो नतिजा अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ६३ हजार ५ सय ५९ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १३ लाख ८२ हजार ४ सय ५० मतका साथ तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४७ हजार ६ सय १० मत प्राप्त गर्दै आफूलाई चौथो स्थानमा सुरक्षित राखेको छ ।

निर्वाचनमा नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीले ३ लाख ४५ हजार ८३ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ लाख २१ हजार ८ सय २० मत खसेको छ । जनता समाजवादी पार्टी, नेपालले १ लाख ६४ हजार ८ सय ९३ मत र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६१ हजार १ सय ४७ मत प्राप्त गरेका छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस