चुनौतिपूर्ण नेपाली आकाश

हवाई दुर्घटनाको त्रासदी: यसरी भएको थियो खोटाङ हेलिकप्टर दुर्घटना (भिडियोसहित)

नेपालमा किन बढ्दो छ हवाईयात्रामा असुरक्षा ?
हवाई दुर्घटनाको त्रासदी: यसरी भएको थियो खोटाङ हेलिकप्टर दुर्घटना (भिडियोसहित)

काठमाण्डौं । खोटाङमा बुधवार दुर्घटना भएको एयर डाइनेष्टिको हेलिकप्टरबारे दिनभरजसो सामाजीक सञ्जालहरुमा आइरहेका खबर र दृष्यहरुले एकप्रकारको त्रास फैलिएको थियो । नेपालमा धेरैजसो भइरहने यस्ता हवाई दुर्घटनाले यसको न्यूनिकरणतर्फ राज्य र सम्बन्धित निकायहरु विषेशगरी नागरिक उड्ययन प्राधिकरणले किन उचित समाधान दिन सकिरहेको छैन ? यो पनि आम चासो बनिरहेको छ ।

‘खोटाङमा भएको दुर्घटना कसरी हुन गएको हो ? यसतर्फ एयर डाइनेस्टीले पनि जानकारी दिइसकेको छ ।
हेलिकप्टर दुर्घटना भएपनि मानवीय क्षति भएको छैन । केपिलासगढी गाउँपालिका २ को बालावेशीमा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा परेर एक जना घाइते भएका छन्। मंगलबार दिउँसो १२ बजेर २ मिनेट जाँदा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर दुर्घटनामा परेको हो।

पाइलट सविन थापा र पाँच जना यात्रु चढेको हेलिकप्टर अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किएको खोटाङ प्रहरीले जानकारी दिएको छ। ‘काठमाडौंबाट आमाको कामका लागि परिवारका ५ जना आउनुभएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय खोटाङले भनेको छ, ‘त्यसक्रममा हावाको बेगले अनियन्त्रित भइ हेलिकप्टर पल्टिएको छ।’

तर प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शव बोकेर हेलिकप्टर आएको बताएकी छन्। जिल्ला प्रहरीले भने आमाको काजकिरियाको लागि आएको परिवार चढेको जानकारी दिएको छ। हेलिकप्टर ल्याण्ड हुने क्रममा भित्तामा ठोक्किएर पल्टिँदा सोही ठाउँका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्।

उनलाई एयर डाइनेष्टीकै अर्को हेलिकप्टर मगाएर उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। चालक थापासहित अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

अर्को हेलिकप्टर मगाएर घाइते काजीबहादुर राई र चालकलाई काठमाडौं पठाइएको खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए । काठमाडौंमा स्थानीय मनलसी राईको निधन भएको र पारिवारिक संस्कारका लागि श्रीमान्, छोरा, सहित चर्चका पास्टर हेलिकप्टरमा खोटाङ आएका थिए । मनलसीको शव भने भोलि ल्याउने तयारी रहेको बताइएको छ ।

पास्टर काजीबहादुर गम्भीर घाइते भएको कपिलासगढी गाउँपालिका-२ का वडाध्यक्ष मिलन राईले बताए । बारीमा अवतरणका क्रममा हेलिकप्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता ज्ञानेन्द्र भुलले बिहान ११:५१ मा एयर डाइनेष्टी ‘९ एन-एएफक्यू’ को हेलिकप्टर दुर्घटना भएको बताए । उनका अनुसार हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । उक्त हेलिकप्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहान ११ बजे प्रस्थान गरेको थियो ।

एयर डाइनेस्टीले के भन्यो ?

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले दुईवटा छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी गराएको छ। काठमाडौंबाट खोटाङतर्फ उडेको ९ एन-एएफक्यू कलसाइनको हेलिकप्टर आज बिहान ११स्५१ बजे दुर्घटनामा परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार हेलिकप्टरमा चालक दलका एक सदस्यसहित कुल ६ जना सवार थिए। दुर्घटनामा परी ७४ वर्षीय कतिबहादुर राई घाइते भएका छन्।
उनको खुट्टा र आँखामा चोट लागेको कम्पनीले बताएको छ। राईलाई तत्कालै एयरलिफ्ट गरी काठमाडौं ल्याइएको र अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। बाँकी ५ जना भने सकुशल रहेका छन्।

हेलिकप्टर ३४ वर्षीय क्याप्टेन सबिन थापाले उडाइरहेका थिए। थापासँग ७ वर्षको कार्यअनुभव र कुल ११०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले बताएको छ। उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले नै केही खुलाएको छैन।

एयर डाइनेस्टीका प्रवक्ता एवं वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जारी गरेको विज्ञप्तिमा घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको उल्लेख छ। उनले भने, ‘हाम्रो प्राथमिकता घाइतेको उपचार र परिवारलाई सहयोग गर्नु हो। चिकित्सक र तालिमप्राप्त कर्मचारीहरू अहिले घाइतेको सहयोगका लागि खटिएका छन्।’

उनले अगाडि भनेका छन्, ‘हामी घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं। थप विवरणहरू प्राप्त हुनासाथ सञ्चारमाध्यमलाई जानकारी गराउनेछौं।’ कम्पनीले घाइते यात्रु र उनीहरूको परिवारको गोपनीयताको सम्मान गरिदिन समेत सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ। काठमाडौंबाट उडेको हेलिकप्टर अवतरणकै क्रममा दुर्घटनामा परेको थियो।

१%

ताजा अपडेट

खोजी गर्नुहोस