हर्क साम्पाङको पार्टीमा जाँदैछन् किराती, कि फर्किँदैछन् नेकपामै ?

हर्क साम्पाङको पार्टीमा जाँदैछन् किराती, कि फर्किँदैछन् नेकपामै ?

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातील राजीनामा दिएका छन् । उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।

प्रलोपा स्रोतले अध्यक्ष परिषद्का सदस्य किरातीले पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । तर, उनको राजीनामा स्वीकृत भइनसकेको स्रोत बताउँछ ।

तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपामा गएका थिए ।

उनी पछिल्लो समय हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीसँग नजिकिएका छन् । गएको फागुन २१ को निर्वाचनमा पनि उनले खोटाङमा आफ्नो उम्मेद्वारी रद्द गर्दै उक्त पार्टीका उम्मेद्वारलाई सहयोग गरेका थिए । यसकारण पनि किराँती त्यतै जानसक्ने र अहिले प्रलोपाबाट राजिनामा दिएको हुनसक्ने आँकलन भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस