ओली-लेखक रिहा

के आधारमा प्रहरीले रिहा गर्‍यो ओली र लेखकलाई ?

के आधारमा प्रहरीले रिहा गर्‍यो ओली र लेखकलाई ?

 

काठमाण्डौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ र अस्पतालमै परिवारको जिम्मा लगाइएको छ। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका छन् ।

ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ गरिएको थियो र उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। सर्वोच्च अदालतले चैत २६ गतेभित्र ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान टुंग्याउन आदेश दिएको थियो। बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए । त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो । सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो । उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गौरी बहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि उनी समातिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस