महोत्तरीको शिक्षा समन्वय समितीको अगाडि शिक्षकहरु द्वारा धर्ना

  • Sarbochcha Nepal
  • / शिक्षा /
  • २०७८ अषाढ २५, शुक्रबार (४ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail


धर्मेन्द्र कुमार यादव असार २५ गते
नेपाल शिक्षक महासंघ राष्ट्रीय समितीको पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रवार महोत्तरी जिल्ला शिक्षा समन्वयन ईकाई समितीको अगाडि शिक्षकहरु धर्नामा बसेका थिए।

जिल्ला भरीका शिक्षक संघ संगठनका जिल्ला स्तरीय नेताहरु सम्मिलित पदाधिकारीहरु जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयको अगाडि धर्नामा बसेका थिए । उनीहरु पूर्वनिर्धारित कार्यक्रम अनुसार विहान ११ बजेदेखि दिउसो १ बजेसम्म धर्नामा बसेका थिए ।

शिक्षकहरुको सम्पूर्ण ज्याज माग पुरा गराउनका लागि हामी तमाम शिक्षकहरु एकतावद्ध भई चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएर माग पुरा गराएर छाडने नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष जयचन्द्र ठाकुरले जानकारी दिनुभयो ।

अध्यक्ष ठाकुरका अनुसार सरकारसग माग पुरा गराउनका लागि हामी अहिले चौथौ चरणमा पुगेकोले सरकारले अव पनि हामीहरुको माग पुरा नगराए हामीहरु अझ कडारुपमा आन्दोलनमा उत्रिने जानकारी दिनुभयो ।

सोहीवीच सन्चारकर्मी संगको कुराकानीको क्रममा महासंघका महासचिव कुमार घिमिरेले सम्पूर्ण शिक्षकहरुको तलब समान रुपमा तहगत रुपमा एकता कायम राख्ने र सवैलाई स्थायी हुने किसिमले सहमति गराउने किसिमको यो आन्दोलन भएकोले यसमा सवैसंग सकारँत्मक सहयोगको लागि शिक्षक पदाधिकारीहरुले माग गरेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस