छात्राहरूलाई गरियो साइकल वितरण

  • Sarbochcha Nepal
  • / शिक्षा /
  • २०७८ श्रावण १८, सोमबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail


रौशन चनैधरी रौतहट । साउन १७ गते
रौतहटमा मुख्यमंत्री बेटी पढ़ाउ बेटी बचाऊ अभियान अंतर्गत ,शैक्षिक शत्र २०७७ मा अध्यनरत (कक्षा) ८ का छात्रा हरुलाई साइकल बितरण धमाधम भईरहेको छ । गरूडा नगरपालिका अन्तर्गत रहेको श्री रामचन्द्र माबि स्कूलमा साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेस न .२ का बिकास समिति सभापति एवम् रौतहट क्षेत्र नंबर ४ (ख) बिधायक माननीय अब्बुल कलाम आजाद ऊर्फ फुलबाबु रह्नु भएको थियोे भने विशिस्ट अतिथिमा गरुडा नगरपालिकाको नगर प्रमुख ईन्नु राय यादव,बिसिस्ट अतिथि समाजसेवी रामचन्द्र गुप्ता , गरुडा नगर शिक्षा संयोजक मौजे लाल राय यादव ज्यू, समाज सेवी गौरी शंकर पाल, अतिथि दलित विकास समितिको सदस्य आदर्निय श्री राजकुमार दास,राम लाल राय यादव लगायतको उपस्थिति रहेको बिधालयका प्रधानाध्यापक मौजेलाल साहले जानकारी गराउनु भयो । उक्त कार्यक्रमको वडाध्यक्ष प्रत्यासी रामबशिट राय यादवको अध्यक्षतामा भएको थियो । सो कार्यक्रमको अवसरमा ४३ जाना छात्रा लाई साइकल बितरण गरिएको बुझिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस