सर्लाहीमा कक्षा ११ को परिक्षा सुरु

  • Sarbochcha Nepal
  • / शिक्षा /
  • २०७८ श्रावण २२, शुक्रबार (४ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail


राजिव शाह–सर्लाही श्रावण २१ गते ।
कोरोना महामारीका बीच श्रावण महिना भित्रमा सकिने गरी कक्षा ११ को परिक्षा आजबाट सुरु भएको छ । कोभिड–१९ महामारीले बिद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको छ । यसैबीच सर्लाही सदरमुकाम मलंगवा लगायत जिल्लाका उच्च बिधालयहरुले कक्षा ११ को परिक्षा लिन थालेको छ । मलंगवा स्थित ग्रीन ल्याण्ड उच्च माबिका शिक्षक बिद्यार्थीहरु स्वस्थ्य मापदण्ड पालना गर्दै क्याम्पले परिक्षा संचालन गर्न सुरु गरिएको सो क्याम्प शिक्षक पदमलाल फ्युयालले बताउनुभयो । क्याम्पस ले २७ गते सम्म परिक्षा सक्ने गरी सुरु गरेका छन् भने कक्षा १२ को परिक्षा पनि श्रावण ३१ गते बाट लिने तयारी गरेको छ । कार्यविधिअनुसार परीक्षा तालिका सार्वजनिक गरेर जिल्लाका अधिकांश विद्यालयले परीक्षा सञ्चालन गर्न लागेका छन्। राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार कक्षा १२ को परीक्षा हुनुअघि नै कक्षा ११ को परिक्षा लिइसक्नुपर्ने भएकाले कोरोनाको त्रासका बीचमा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको ग्रीणल्यान्ड उच्च माध्यमिक विद्यालयका जितेन्द्र सिंहले जनाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस