सोनमा गाउपालिका द्वारा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

  • Sarbochcha Nepal
  • / मनोरञ्जन /
  • २०७८ अषाढ २३, बुधबार (४ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

धर्मेन्द्र कुमार यादव महोत्तरी, असार २२ गते
कला र सास्कृतीलाई जिवित राख्न सोनमा गाउपालिकाले प्रत्येक बर्ष सास्कृती कार्यक्रम गर्दै आएको छ।

महोत्तरीको सोनमा गाउपालिका शिक्षा शाखाद्वारा आयोजित सास्कृती कार्यक्रम सम्पन्न भएको छ। गाउपालिकाको शाभाहलमा आयोजित गायन तथा नृत्य प्रतियोगिता कार्यक्रममा गाउपालिका भरिका सम्पुर्ण बिद्यालय सहभागी भएका थिए।

सम्पन्न प्रतियोगितामा गायन तर्फ मा बी सुन्दर पुर प्रथम, माबी खखना दोस्रो, मा बी सिहासनी तेस्रो तथा अ बि शिवनगर चौथो भएका छन। त्यस्तै नृत्य तर्फ मा बी सोनमा प्रथम, पकज इ बो। स्कुल दोस्रो, मा बी सिहासनी तेस्रो तथा अ बि मगर थाना चौथो भएका छन। प्रतियोगितामा सफल बिद्यार्थीहरुलाइ मेडल, प्रमान पत्र प्रदान गरिएको छ। प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका छत्र छात्राहरु सहभागी भएका थिए।

कार्यक्रमा शिक्षा शाखाद्वारा समय समयमा संचालन गरिएको चित्रकाला, वकतृत्वकला तथा हाजिरी जवाव प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउनेलाई मेडल र प्रमान पत्र प्रदान गरिएको छ।

त्यस्तै शिक्षामा सहयोग तथा विशेष योगदान पुर्याउने गाउपालिका भरिकै उत्कृष्ट प्र अ, उत्कृष्ट शिक्षक, उत्कृष्ट लेखापाल,उत्कृष्ट बालबिकास कार्यकर्ता, उत्कृष्ट कार्यालय सहयोगी, उत्कृष्ट अभिवावक तथा विभिन्न क्षेत्र बाट शिक्षामा सहयोग गर्ने प्र।अ।, शिक्षक तथा महासंघ लाई कार्यक्रमका प्रमुख अतिथी तथा गाउपालिका प्रमुख राजकुमार यादवले दोसला ओढाइ प्रमान पत्र दिई सम्मान गरिएको थियो।

कार्यक्रम शिक्षा संयोजक राजकुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस