निर्वाचन २०८२

बेलकोटगढीमा ६० प्रतिशतले गरे मतदान, नागरिकमा उत्साह

बेलकोटगढीमा ६० प्रतिशतले गरे मतदान, नागरिकमा उत्साह

२१औँ फागुन, नुवाकोट । प्रतिनिधि सभा निर्वाचनमा आज नुवाकोट जिल्लामा उत्साहजनक रुपमा मतदान सकिएको छ । धेरै मतदाता भएका पालिकाहरुमध्ये क्षेत्र नं. २ को बेलकोटगढी नगरपालिकामा करिब ६० प्रतिशत मतदाताले मतदान गरेका छन् ।


बेलकोटगढी-९ महामाया माविको मतदानस्थलका ३ वटा केन्द्रमा शान्तिपूर्ण र मर्यादित रुपमा मतदान सकिएको छ ।

मतदान केन्द्रका मतदान अधिकृत डा. केशब खरेलका अनुसार यहाँ दुई हजार ४९० मतदाता रहेकोमा प्रत्यक्षमा १ हजार ४६६ जनाले मतदान गरेका छन् । समानुपातिकमा भने एक हजार ४७० मत खसेको खरेलले जानकारी दिए ।

१%

ताजा अपडेट

खोजी गर्नुहोस