निर्वाचनमय देश

नुवाकोटमा ५५ प्रतिशतले गरे मतदान, आजै मतगणनाको तयारी

नुवाकोटमा ५५ प्रतिशतले गरे मतदान, आजै मतगणनाको तयारी

२१ फागुन, नुवाकोट।  प्रतिनिधिसभा निर्वाचनका लागि आज नुवाकोटमा उत्साहजनक रुपमा मतदान सकिएको छ । दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा ५५ दशमलव ४ प्रतिशतले मतदान गरेका छन् ।

नुवाकोट जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरका अनुसार दुवै क्षेत्रमा मतदान केन्द्रहरुबाट मतपेटिका मध्यरातसम्ममा आइसक्नेछ भने त्यसलगत्तै मतगणनाको प्रक्रिया सुरु गरिनेछ।

कुल २ लाख ४७ हजार ८६८ मतदाताले नुवाकोट जिल्लामा १३२ मतदान स्थलका २९३ मतदान केन्द्रहरुबाट मतदान भएको छ । क्षेत्र नं. १ मा एकलाख २३ हजार ९२९ मतदाताले ६८ मतदान स्थलका १४४ केन्द्र र क्षेत्र नं. २ मा एकलाख २३ हजार ९३९ जना मतदाताले ६४ मतदान स्थलका १३९ केन्द्रबाट मतदान गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लाभरबाट एक लाख ३६ हजार २७७ मत खसेकोमा क्षेत्र नं. १ मा ५५ दशमलव ५० प्रतिशत अर्थात् ६८ हजार ७ सय ५९ मत खसेको छ भने क्षेत्र नं. २ मा ५४ दशमलव ४७ प्रतिशत अर्थात् ६७ हजार ५०९ जनाले मत दिएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मतदानमा उल्लेख्य रुपमा मतदाताहरुको उत्साहपूर्वक सहभागिता देखाएका छन् । सभ्य र शान्तिपूर्वक सम्पन्न गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक विपिन रेग्मीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस