गौर अस्पतालको ओपिडी र इलेक्टीभ सेवा बन्द,चौतर्फि विरोध

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ बैशाख १८, शनिबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


आरके श्रीवास्तव । रौतहट । बैशाख १७ गते
रौतहट सदरमुकाम गौर स्थित रहेको गौर अस्पतालले ओपिडि सहितको सेवाहरू बन्द गर्ने जनाएको हो ।जिल्लामा रहेको एक मात्र सरकारी अस्पताल बन्द हुने भए पछि विरामीहरू मर्कामा पर्ने भएका छन् । गौरमा रहेको सो अस्पतालले भोली देखि ओपिडी र इलेक्टीभ सर्जरी सेवा बन्द हुने सुचाना जारी गरेको छ । सुचना जारी भएपछि आम जनसमुदायमा त्रासको माहौल उत्पन्न भएको छ । गौर अस्पतालको मेडिकल सुप्रिडेन्ट कृष्णा साहद्धारा हस्ताक्षरित पत्रमा कोभिड १९ को दोश्रो लहर फैलिएका कारण उक्त संक्रमण फैलिन नदिन एवं रोकथामको लागि गौर अस्पतालबाट प्रवाह भईरहेको सेवाहरु ओडिपी, इलेक्टीभ सर्जरी वैशाख १९ गते देखि बन्द गरिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रको पत्र अनुसार भोली देखि गौर अस्पतालबाट प्रवाह हुन सेवा ओपिडि, इलेक्टीभ बन्द हुँदा सर्वसाधारणमा पर्ने असुविधा प्रति गौर अस्पताल क्षमाप्रार्थी रहेको विज्ञप्ती मार्फत जनाइएको छ । यता गौर अस्पतालको यस्तो सूचना आएपछि चौतर्फि रूपमा कडा विरोध भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस