बारामा भोलि देखि अनिश्चितकालिन निषेधाज्ञा

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ बैशाख २३, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail


दिपेन्द्र जयसवाल,बारा वैशाख २२ गते

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बारामा अनिश्चितकालिन निषेधाज्ञा लगाइएको छ । भोलि वैशाख २३ गते साँझ ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।निषेधाज्ञाको आदेशमा अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने, खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री गर्ने बाहेकका पसल शनिबार बाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्ने उल्लेख छ । हाट बजार, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यक्रम गर्न नपाइने, दैनिक उपभोग्य बस्तु बिक्रिका लाग सम्बन्धित स्थानीय तहले निर्धारण गरेको स्थानमा भौतिक दुरी कायम गरी बिक्री गर्ने, खानेपानी, विद्युत्, अस्पताल, जनस्वास्थ्य, हुलाक, टेलीकम, वित्तीय संस्थाबाहेकको सार्वजनिक सेवा प्रवाह सञ्चालन नगर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ । त्यस्तै उद्योग प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था जस्ता सार्वजनिक निकायमा काम गर्ने कर्मचारी कामदारहरुले परिचय पत्रसहित आवत जावत गर्न दिने, उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारी, कामदारहरुलाई उद्योग प्रतिष्ठान परिसरमै क्वारेन्टिन राखी उत्पादन कार्यमा लगाउनुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस