चन्द्रपुरको आइसोलेसनका स्वास्थ्यकर्मीले पाउदैनन पारिश्रामिक

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ बैशाख ३१, शुक्रबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

उपेन्द्र गोले । रौतहट ३० बैशाख ।
रौतहटको चन्द्रपुरमा सञ्चालनमा रहेको अस्थायी कोरोना अस्पताल आइसोलेसनमा दिनरात खट्ने स्वास्थ्यकर्मीहरुको पारिश्रामिक स्थानिय सरकारले भुक्तानी नदिएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन । पहिलो चरणको कोरोना संक्रमणको समयमा निर्माण गरिएको आइसोलेसनमा आफ्नो ज्यानको प्रवाह नगरि कोरोनासँग लड्ने क्रममा स्थानिय सरकारले गत बर्षको चैत्रदेखि असारसम्मको आफ्नो पारिश्रामिक भुक्तानी गरेको भएतापनि साउनदेखि कार्तिकसम्मको रकम भुक्तानी दिन बाकी रहेको स्वास्थ्यकर्मी मातृका चालिसेले बताउनु भएको छ । अहिले पुन कोरोनाको दोस्रो लहर मुलुकभरी महामारीका रुपमा फैलिएको छ । दोस्रो लहरले संक्रमण दर चन्द्रपुरमा पनि उच्च भएपछि पुन सो आइसोलेसन सञ्चालनमा आएको छ । अघिल्लो बर्षको पारिश्रामिक भुक्तानी बाकी रहदा समेत आफ्ना नागरिकहरुको स्वास्थ्यमा पर्न सक्ने गम्भिर अबस्थाबाट जोगाउन पुन आइसोलेसनमा नै सेवा गरिहेको चालिसेको भनाइ रहेको छ । पहिलो चरणको कोरोना संक्रमणको क्रममा धेरै कुराहरु अनुभव गरेकाले अहिले खासै असहज नभएको उहाको भनाइ रहेको छ । आम नागरिकहरुको स्वास्थ्य सुरक्षामा अरोह जुटिरहेका स्वास्थ्यकर्मीहरुको पारिश्रामिक स्थानिय सरकारले समयमा नै भुक्तानी दिनु पर्नेमा स्थानिय युवा नेता देवराज न्यौपानेको जोड रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस