रौतहट प्रहरीद्धारा ५० ओटा अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ जेष्ठ ३, सोमबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

रौशन चौधरी रौतहट २ जेठ ।
रौतहट प्रहरीले संकलन गरिएको अक्सिजन सिलिण्डर प्रहरीद्वारा अस्पताललाई आइतबार हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड भाईरसबाट संक्रमित भई अस्पतालहरुमा रहेको अस्थायी कोभिड वार्डमा उपचारार्थ रहेका कोरोना संक्रमित विरामीहरुको लागि अक्सिजन सिलिण्डर अपुग हुन नदिनको लागी विभिन्न उद्योग तथा पसलहरुबाट ७.६ किलो तौल भएको ५० वटा अक्सिजन सिलिण्डरहरु सहयोग स्वरुप प्राप्त भएको प्रहरीले जनाइएको छ । सो ५० वटा अक्सिजन सिलिण्डरहरुमा ७.६ किलो तौल भएको अक्सिजन सहितको २९ वटा र १ वटा खालि गरी ३० वटा सिलिण्डर आइतबार गौर अस्पताल रौतहटमा हस्तान्तरण गरिएको हो । बाँकी २० वटा खालि अक्सिजन सिलिण्डर भने चन्द्रपुरमा अबस्थित अस्थाई कोभिड अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस