रौतहटमा भौतिक दुरि कायम राखि ३ घण्टा तरकारी बजार खुल्ने

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ जेष्ठ १४, शुक्रबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

उपेन्द्र गोले रौतहट १४ जेठ ।
रौतहटका फलफुल तथा तरकारी बजारहरु भौतिक दुरि कायम गरि दैनिक ३ घण्टा सञ्चालन गर्न पाउने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको विहिवार बसेको बैठकबाट रौतहटका १८ वटै स्थानीय तहमा रहेका फलफुल तथा तरकारी बजारमा भौतिक दुरि २ मिटर राखि चुनाले रेखांकन गर्न समेत प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । भौतिक दुरिलाई अनिवार्य रुपमा उच्च प्राथमिकताका साथ पालना गराउन अनुरोध समेत उहाले अनुरोध गर्नु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्दको संयोजक तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षमा बसेको बैठकमा रौतहटको १८ वटै स्थानीय तहहरुमा लाग्ने फलफुल तरकारी बजारमा भौतिक दुरी कायम राख्दै प्रत्येक दिन दिउसो ३ देखि ६ बजे सम्म मात्रै विक्री वितरण गराउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । २ मिटरको दुरीमा उपभोक्ता राख्ने गरी चुनाबाट रेखाँकन गरिनुका साथै १० मिटरको दुरीमा पसल हुनुपर्ने यादवले बताउनु भयो । स्थानिय तहहरुमा रहेका हाट बजारहरु भने पूर्ण रुपमा बन्द नै रहने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस