स्वास्थ्य सामग्री वितरण गर्दा बिरोध गर्नुु जनबिरोधी कार्य भएको झाको आरोप

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ जेष्ठ १६, आईतबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

उपेन्द्र गोले रौतहट जेठ १६ गते।
रौतहटका सामाजिक अभियन्ता अन्जु झाले पत्रकार सम्मेलन गर्नु भएको छ । कोरोना भाइरसबाट प्रभावित भएको समुदायलाई बाच्न न्यूनतम स्वास्थ्य सामग्री वितरण गर्दा इशनाथ नगरपालिकाले विराध गर्ने कार्य हास्यापद रहेको पत्रकार सम्मेलनमा समाजिक अभियन्ता अन्जु झाले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यकक्ष गौरमा आईतवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा समाजिक अभियन्ता झाले कोभिड १९ को दोश्रो लहरबाट ग्रामिण क्षेत्रका नागरिकहरु पिडित रहेक बताउनु भएको थियो । नागरिकहरुलाई स्वास्थ्य सामग्री वितरण गर्दा सो कार्यको बिरोध गर्नु जनबिरोधि कार्य भएको झाको भनाइ रहेको छ । कोरोनाबाट जोगिन मास्क, हैण्ड सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री व्यत्तिगत रुपमा वितरण गरेको विषयलाई लिएर इशनाथ नगरपालिकाले विरोध गर्ने कार्य हास्यापद रहेको उहाले टिप्पणी गर्नु भयो । इशनाथ नगरपालिकाको वडा नम्वर ३ घर भएकी समाजिक अभियन्ता झाको समाजिक कार्यबाट देखेर नगरपालिका प्रमुख सन्तोष मेहता र निजका भाई मोहन मेहता पटक पटक विरोध गर्दै आइएको आरोप उहाको रहेको छ । झाले माण्डवी नामक गैर सरकारी संस्था चलाइरहदा स्थानीय सरकारको इजाजत लिई दुई बर्ष अघि सकारात्मक कार्यहरु गरेको तर नगर प्रमुख मेहता सहितका व्यक्तिहरुलाई झा आउदो निर्वाचनमा मेयर पदमा चुनाव लड्ने लागेको डर देखेर माण्डवी संस्थालाई इशनाथ नगरपापालिमा काम गर्न रोक लगाउने काम भएको गुनासो उहाले गर्नु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस