रौतहटको गढीमाइका नगर प्रमुख बिरामी ओसार्दै अस्पतालमा

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


उपेन्द्र गोले रौतहट १७ जेठ ।
रौतहटका एक नगर प्रमुखले आफै बिरामीलाई अस्पतालमा पुर्याउनमा ब्यस्थ हुनु भएके छ । रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले आफ्नो नगर क्षेत्रका बिरामीहरुलाई एम्बुलेन्सको अभावमा अस्पतालमा पुर्याउन ढिला हुने भएपछि आफैले आफु चढ्ने गाडीको प्रयोग गरि अस्पतालसम्म पुर्याउने गर्नु भएको छ । एम्बुलेन्सलाई बोलाउदा आउन केही समय लाग्ने र समयमा नै बिरामीलाई अस्पतालमा पुर्याउन नसकेमा ु अकालमा ज्यान जान सक्ने भएकाले आफु चढ्ने गाडीमा नै समयमा नै बिरामीलाई अस्पतालमा पुर्याउने उद्दश्यका साथ बिरामी बोकेको नगर प्रमुख श्याम प्रसाद यादवले बताउनु भयो । सोमबार रौतहटको गढीमाइ नगरपालिकाको संग्रामपुर पर्साका आफ्नो भाइ सिकिस्त बिरामी भएर उपचारको अभावमा छटपटाई रहेको नगर प्रमुखले सुन्ने बित्तिकै भाइ राजन ठाकुरलाइ आफ्नै गाडिमा चन्द्रपुर अस्पतालमा उपचारको लागि पुर्याउनु भएको नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुरले बताउनु भयो । समयमा नै अस्पतालमा भाइको पुर्याएपछि भाइ राजनको स्वास्थ्य अबस्था सामन्य रहेको ठाकुरले बताउनु भयो । उपचारमा खटिनु भएका चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुबास चौधरीलाई पनि सचिव ठाकुरले आभार प्रकट गर्नु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस