नेपाल भारत मैत्री संघद्धारा उदेपुरमा १६ विपन परिवारहरूलाई गरे सहयोग

  • Sarbochcha Nepal
  • / राष्ट्रिय /
  • २०७८ जेष्ठ २५, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

सप्तरी – नबिन यादव उदयपुर जेठ २४ गते
नेपाल–भारत मैत्री संघ र जिल्ला कार्य समिति उदयपुरद्धारा कोभिड–१९को लकडाउनले घरमा थुनिएका १६ गरिब बिपन्न परिवारलाई आज सोमबार राहत वितरण गरिएको छ। राहत वितरण कार्यक्रमको आयोजक नेपाल–भारत मैत्री संघ र जिल्ला कार्य समिति उदयपुरद्धारा गाईघाटको मोडर्न इनिस्टच्युट अफ हेल्थ साइन्सको प्राङ्गणमा कोभिड–१९ को भयावह परिस्थितिले लकडाउनमा पारिएका अति बिपन्न गरिब १६ परिवारलाई वितरण गरिएको हो। प्रति परिवार चामल १० केजी,नुन १ पोका,दाल १ केजी, खाने तेल १ पोका, दालमोट १ पोका ,चिनी १ केजी,माक्स र साबुन लगायत सामग्रीहरू बितरण गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष ई.श्री शैलेन्द्र मोहन झा,अध्यक्षता श्रीमति करुणा झा, उपाध्यक्ष खेम चन्द्र यादव,सदस्य क्रमशःश्री सत्य नरायण झा,बाल कृष्ण भट्टराई ,सनम राइ लगयत पत्रकार नबिन यादबको उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस