विश्रामपुर गाउँपालिका स्वास्थ्य केन्द्रलाइ स्वास्थ सामग्री हस्तान्तरण

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ अषाढ ३, बिहिबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail


उपेन्द्र पासवान । कलैया । असार ०२ गते
बैश्विक महामारी कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी कोरोना (कोभीड) संक्रमीत बिरामीहरुको सेवा गर्ने सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई समाज विकास समिति तथा राधा पौडेल फाउन्डेसन काठमाडौ द्वारा स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ ।
यस बिसम परिस्थितिमा विभिन्न अस्पतालहरुमा सेवारत डाक्टर तथा नर्स लगायत अन्य स्वास्थ्यकर्मी तथा बिरामीहरुको लागि विभिन्न स्वास्थ्य सुरक्षा उपकरण तथा सामग्रीहरु हस्तान्तरण तथा बितरण बितेको बर्ष झै यस वर्ष पनि विश्रामपुर गाउँपालिका स्थित स्वास्थ्य केन्द्रमा सामाज बिकास समिति तथा साझेदार संस्था राधा पौडेल फाउन्डेसन, काठमाडौंको सहयोगमा स्वास्थ सामग्रीहरु बितरण तथा हस्तान्तरण गरिएको छ ।

साथै, पर्साको बिरगंज स्थित नारायणि अस्पतालमा पनि कोरोनाको कहर मै स्वास्थ्य उपकरण सामाग्रीहरु अस्पतालका मे.सु. बिरेन्द्र बहादुर प्रधान लाई समाज विकास समितिका कार्यकारी सल्लाहकार प्रकाश थारू बिशेष पहलमा हस्तान्तरण गरिएको को हो ।
उक्त अवसरमा विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरी राउत पाल र उपा अध्यक्ष सुमित्रा देबि साह गाउँपालिकाको स्वास्थ्य संयोजक अलि अकबर अन्सारी तथा समाज बिकास समितिका प्रबक्ता अबिशेक तिवारी सल्लाहकार ,डा. सरोज साह , सस्था को अध्यक्ष शेलेन्द्र त्रिपाठी लगायतको विशेष उपस्थिति रहेको थियो । सामाज बिकास समिति को कोशा अध्यक्ष अच्छेलाल प्रसाद सराफले जानकारी दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस