लागु औषध खैरो हिरोइनसहित मानिस पक्राउ

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ अषाढ १७, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पवन प्रसाद साह पर्सा । असार १७ गते
सूचना परिचालन र प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा यस कार्यालय मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले२०७८।०३।१६ गते अं।१०स्०० बजे जिल्ला पर्सा बीरगञ्ज म।न।पा।वडा नं।१७ क्ष्ऋए गेटनिर शङ्कास्पदरूपमा हिँडिरहेका भारत, विहार, जिल्ला मोतिहारी, थाना रक्सौल, हरैया पञ्चायत, वडा नं।५ धुपुवाटोल बस्ने वर्ष ३५ का मन्टु पण्डित कुम्हाललाई रोकी रीतपूर्वक शरीर खानतलासी गर्दा निजले लगाएको पाइन्टको दाहिने खल्तीमा लुकाइछिपाई राखिएको लागु औषध खैरो हिरोइन ५ ग्राम १८० मिलिग्राम फेला परेकोले उक्त लागुऔषध बरामद गरी निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस