रौतहटमा सर्वोच्च आदालताको निर्णयलाइ दिप जलाएर गरियो स्वागत

  • Sarbochcha Nepal
  • / राष्ट्रिय /
  • २०७८ अषाढ २९, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail


वर्तमानकाल समाचारदाता । रौतहट । असार २८ गते
रौतहटमा सर्वोच्च आदालताको निर्णयलाइ दिप जलाएर स्वागत गरिएको छ । सर्वोच्च अदालतले सोमवार दिउँसो गरेको प्रतिनिधी सभा पुनः स्थापनाको निर्णयलाइ स्वागत गरिएको छ । विपक्षी गठबन्धनहरुले जनताको जित भएको भन्दै रौतहटभरी दिपावली गरेका छन् ।
सर्वोच्च अदालतका प्रधान न्यायाशिक चोलेन्द्र शम्शेर जवरा सहित संवैधानिक इजलासले प्रधानमन्त्रीको कदमलाई साथ दिने राष्ट्रपतिलाई परमादेश जारी गर्दै संसद विघटनलाई दोश्रो पटक स्थापित गरी २८ घण्टा भित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरिएको छ ।
न्यायलयको फैसलालाई स्वागत गर्दै रौतहको कटहरिया,गरुडा, सदरमुकाम गौर, , चन्द्रपुर सहित जिल्लाको अधिकांश पालिकामा विपक्षी गठबन्धनका नेता एवं कार्यकर्ताहरुले दिपावली गरेर विजय उत्सव मनाइएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस