सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा गर्बवती तथा सुत्केरीहरूलाई पोषण सामग्री बितरण

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ श्रावण ८, शुक्रबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

नबिन यादव सप्तरी साउन ०७ गते
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वाड नं ६ मा आज विहीबार गर्भवती तथा सुतकेरी महिलाहरूलाई पोषण सामग्रीहरू बितरण गरिएको छ । पोषण सामग्री बितरण कार्यक्रम वडा न.६ को काकार्यलयमा बितरण गरिएको छ । वडा नं ६ अन्तर्गत साबिक वडा नं १,२,३,८,९ मा प्रत्येक वडामा ८ जना गर्भवती तथा सुत्केरी ,कुपोषित, बालबालिका, महिलाहरूलाई सामग्री बितरण गरिएकी महिला स्वयम् सेबिका रूबि देवी सिंहले बताउनु भएकी छिन । त्यस्तै वडा अध्यक्ष गोबिन्द यादवको अनुसार कसैलाई काखापांखा नगरि हामी सबै स्वयम सेबिकाहरू मिलिजुली गर्भवती तथा सुत्केरी कुपोषित बालबलिका र महिलाहरूलाई छनोट गरि पोषण युक्त सामग्रीहरू बितरण गरिएको जनकारी दिनु भएको छ । सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण सामग्रीहरूमा चामल १० किलो, गहुंको पिठो २ किलो ,चाना दाल २ किलो,खाने तेल २ पोका,नुन १ किलो, घिउ १ किलो, हाथ धुने साबुन २ पिस, पोलीसो पिठो २ पोका , कपडा झोला एक थान, सेनिटाईजर २०० एम एल , लिटो २ पोका बितरण गरिएको वडा अध्यक्ष यादवले बताउनु भएको छ । सो बितरण कार्यक्रममा कतिपय महिलाहरूले नपाएको भनि बिरोध समेत गरेको जनाइएको छ । साबिक वडा नं ३ को देवकी मंडलले भन्नुभयो ,यो गर्भवती तथा सुत्केरीहरुको पोषण सामग्रीहरू खास गरेर स्वयम् सेविकाहरूले आफ्नो नातागोता मा पर्नेलाई मात्र बितरण गरेको आरोप लगाउनु भएको छ । मेरो एउटा छोरा समेत कुपोषित रहेको छ तर आज सम्ममा कुनै प्रकारको सुबिधा पाइएको छैन , उता अध्यक्ष यादवको अनुसार कुनै पनि काम काजमा बिबादित हुनु स्वभाविक हो तर हामी पहिलो लोटको ब्यक्तीलाई ग्रहता दिएका छैनौं अर्को चोटी आउने दिनमा हामी छुटेको ब्यक्तिलाई ग्रहता दिने छौं बताउनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस