लायन्स क्लव अफ वीरगञ्ज ध्दारा वीरगञ्ज उद्योग वाणिज्य संघ का अध्यक्ष तथा कार्यसमिति सदस्य लाइ सम्मान कार्यक्रम सम्पन ।

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७८ श्रावण ९, शनिबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पवन साह पर्सा÷८ साउन
लायन्स क्लव अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई आज एक समारोहका बीच सम्मान गरेको छ । होटल मकालुमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता तथा कार्यसमिति सदस्य दिपक टिबडेवाल, प्रमोद चौरसिया र सुरेश रुँगटालाई क्लबका अध्यक्ष संजय खेतानले अबिरको टिका तथा माला लगाई बधाई पत्रद्वारा सम्मान गर्नु भएको थियो । लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यू तथा सङ्घका कार्यसमिति सदस्य श्री दिपककुमार टिवडेवालज्यू, श्री सुरेश रुँगटाज्यूका साथै श्री प्रमोद चौरसियाज्यूलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गुप्ताले यो सम्मान आफ्नो सम्मान मात्र नभई सम्पूर्ण लायन्स क्लबको सम्मान रहेको बताउदै सम्मान गरेको प्रति क्लबलाई धन्यवाद समेत दिनुभयो । उहाँले वीरगञ्ज उद्योग वाणिज्य सङ्घको इतिहासमा सङ्घको अध्यक्ष नभई केन्द्रमा चुनाव जित्ने आफु पहिलो व्यक्ति रहेको बताउनुभयो

ताजा अपडेट

खोजी गर्नुहोस