पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै, परिक्षण एकदमै कम

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७९ श्रावण ८, आईतबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

पछिल्लो समय नेपालमा पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरे पनि पाँच प्रतिशत भन्दा माथिको संक्रमणदरलाई असामान्य मानिने गरेको छ। तर नेपालमा असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगे विवरणमा देखिन्छ।

शनिबार ३ सय ३५ संक्रमित भेटिँदा लगभग तीन हजारको हाराहारीमा पिसिआर परिक्षण हुँदै आएको छ। जबकी हालैको कोरोना संक्रमणदर १२ प्रतिशत पुगेको छ। यसरी संक्रमण बढ्दै गएर संक्रमितको संख्या बढ्दै जाँदा परिक्षणको दायरा बढाउनु पर्ने भए पनि हाल नेपालमा दैनिक कोरोना संक्रमणको संकास्पद विरामीको परिक्षण एकदमै कम छ।

जोखिम बढ्दै जाँदा सरकारसँग प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने किट भने प्रयाप्त मात्रा मौज्दात रहेको पाइएको छ। प्रयाप्त मात्रामा परीक्षण किट हुँदा पनि परिक्षणको दायरा बढ्न सकेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस