कोरोना संक्रमण देखिएपछि चीनको वुहानमा लकडाउन

  • Sarbochcha Nepal
  • / समाचार /
  • २०७९ श्रावण १२, बिहिबार (३ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

चीनको वुहान सहरमा कोरोना संक्रमणको नयाँ लहर फैलिन थालेपछि फेरि लकडाउन घोषणा गरिएको छ। 

वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका ४ संक्रमित भेटिएका छन्। उनीहरुमध्ये कसैमा पनि कोरोनाको लक्षण नदेखिएको अधिकारीहरुको भनाइ छ। 

झण्डै १० लाख जनसंख्या रहेको जियांग्सियाका बासिन्दालाई ३ दिनसम्म घरभित्रै रहन आग्रह गरिएको छ। चीनले कोरोना भाइरस नियन्त्रणका लागि ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ।  यसका लागि ठूलो मात्रामा कोभिड परीक्षण, आइसोलेसन तथा लकडाउनलगायतका कदमहरु उठाइएको छ। एक करोड २० लाख जनसंख्या रहेको वुहानमा निरन्तर कोरोना परीक्षण गरिराखिएको छ। सन् २०२० को सुरुवातमा कोरोना संक्रमण वुहानमा फैलिएपछि कडा लकडाउन गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस