एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

  • Sarbochcha Nepal
  • / राष्ट्रिय /
  • २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् ।  गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । 

गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए । 

ताजा अपडेट

खोजी गर्नुहोस