आफूलाई समाजसेवी बताउने ज्वाला संग्रौलासहित तीनजना कुटपिटको अभियोगमा पक्राउ

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ अषाढ ६, आईतबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail


उपेन्द्र गोले । रौतहट । असार ०६ गते

काठमाडौं स्. हुन त नेपालमा पछिल्लो समय आफूले आफैंलाई समाजसेवी बताउने स्वघोषित ब्यक्ति र समुहको बिगबिगी नै छ। त्यसै क्रममा प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई समाजसेवी बताउने ज्वाला संग्रौला उर्फ ९टीका संग्रौला० सहित शर्मिला वाईबा , हिमाल उपाध्याय गरि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए। पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहलेनै प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन सुरु भएको थियो।
उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधबार उजुरी परेको थियो। आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै कारबाही माग गरेको थियो। संग्रौलासहितको टोलीलाई ड्युटीमा खटिएका ट्राफिक झाले रोकेर जाँच गरेपछि रंगभेदी व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएको थियो।
निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै झाले पास मागेका थिए। तर, उनीहरुले पास नदेखाएपछि विवाद भएको थियो। उनीहरुको साथमा लाइसेन्ससमेत थिएन। महाराजगञ्ज चोकबमा विवाद भएपछि उनीहरु ट्राफिक वृत्तमै पुगेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस