महोत्तरीको गौशालामा बाँदरको आतंक

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ अषाढ ६, आईतबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

धर्मेन्द्र कुमार यादव । महोत्तरी । असार ०६ गते
महोत्तरी जिल्लाको गौशाला वजार क्षेत्रमा एउटा वाँदरले आतंक मचाएको छ । धेरै दिन देखि बजारमा रहेका बादरले स्थानियको घर घरमा गएर खध्यान खाने गरेको र समय समय हिडडुल गर्ने मानिसहरुलाइ टोकेर घाईते बनाएका छन ।
गौशालामा वन कार्यालयको अस्थाई कार्यालय भए पनि बादर अतंक प्रती कुनै ध्यान नदिएकोमा स्थानियहरुले गुनासो गरेका छन । धेरै दिन देखि बाँदरले दुःख दिने गरे पनि स्थानिय निकायले पनी ध्यान नदिएकोमा स्थानियहरुले असन्तुष्टि व्यक्त गरेका छन। गौशाला नगरपालिकाको उत्तरी भाग जंगल संग जोडिएको कारण जंगल वाट भागेर बजार तिर आएको हुन सक्ने अनुमान रहेको छ र केहि दिन पहिले नगरपालिकाको उत्तरी क्षेत्रमा हात्तिले आतंक मचाएर कयौं सर्वसधाणहरुको घरमा क्षति पुरयाएका थिए ।
विगतमा जे भए पनि अहिले सम्वन्धित निकायको ध्यान समयमा पुगोस र बादर टोकाइबाट हुन सकिने क्षती वाट बचाउन स्थानियको माग रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस