विपक्षी गठबन्धन द्वारा मौलापुर नगरपालिकामा ज्ञापनपत्र बुझाइयो

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

रौशन चौधरी असार ७ गते रोतहट ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य बिन्देश्वर यादवको नेतृत्वमा नेपाली कांग्रेस, जसपा लगायत अन्य बिरोधि गठबन्धनका पार्टी कार्यकर्ताहरु द्वारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलाई ज्ञापन पत्र बुझाइएको छ । नगरपालिकाका नगर प्रमुख रीना साहको कार्यशैलीको बिरोध गर्दै मौलापुर बजारमा विपक्षी दलका स्थानिय कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थियो । सोमवार गरिएको विरोध कार्यक्रममा नेकपा माओवादी पार्टीका केन्द्रीय नेता श्री बिन्देश्वर यादव ,मौलापुर वडा नं १ का वडा अध्यक्ष रामप्रवेश यादव,समाज सेवि भोला पाण्डे ,जसपा पार्टीका प्रदेश सदस्य लखिन्द्र यादव , नेपाली काङ्ग्रेस पार्टीका कृयाशिल तथा वडा नं ५ का प्रत्यासि संतोष साह सहित अन्य वडा का वडाध्यक्ष लगायत सयौको संख्यामा कार्यकर्ताहरुको उपस्थितिमा विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाइएको छ । आउदो १० गतेका दिन हुन गइरहेको पाँचौं नगरसभामा सर्वदलीय भेला गराई तथा वडाका विकास योजना पारदर्शी गर्नका लागि मौलापुर चौकमा जनता भेला गरि जोडदार रुपले अपिल गरेका छन् । साथै उक्त मितिमा सर्वदलीय बैठक बोलाई नगर सभा गरिएन भन्ने आउदो १० गते नगरपालिकालाई पूर्ण रुपले घेराउ गर्ने समेत बिपक्षी पार्टीका कार्यकर्ताले चेतावनी दिएका छन ्।

ताजा अपडेट

खोजी गर्नुहोस