लायन्स क्लवद्धारा अनाथालयमा खाद्यान्न तथा सम्मान कार्यक्रम सम्पन्न

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ अषाढ १७, बिहिबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


उपेन्द्र गोले रौतहट । असार १७ गते

लायन्स क्लव अफ चन्द्रनिगाहपुरले अन्तराष्ट्रिय स्थापना दिवसको अबसरमा खाद्यान्न सामग्री सहयोग गर्नुका साथै सम्मान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लवको १४ एरिया क्लस्टरका संयोजक दिपक रेग्मीले स्थापना दिवसको अवसरमा बंशिराम अनाथलयमा बसेर अध्ययन गर्ने बालबालिकाहरुका लागि थोरै भएपनि सहयोग गरौ भन्ने उदेश्यले सो कार्यक्रम आयोजना गरि सहयोग तथा सम्मान गरेको बताउनु भयो । लायन्स क्लव अफ चन्द्रनिगाहपुरले बिहिवार गरुडामा रहेको बंशिराम अनाथलयमा खाद्यान्न सामग्री सहयोग गरेको हो । कार्यक्रममा बंशिराम अनाथलयका सस्थापक बंशिराम जयसवाललाई सम्मान समेत गरिएको छ । मोर ह्यान्ड, मोर सर्भिस भन्ने मुल नाराका साथ यस बर्षभरी नै विभिन्न कार्यक्रमहरुको आयोजना हुने क्लवले जनाइएको छ । सो अनाथालयमा रहेका सबै वालवालिकाहरुलाई सरसफाइ कीट , १० बोरा चामल, एक बोरा नुन, दाल, पानी ,तेल लगायतको खाद्यान्न सहयोग गरिएको लायन्स क्लव अफ चन्द्रनिगाहपुरले जनाएको छ । लायन्स क्लव अफ चन्द्रनिगाहपुरका पुर्व अध्यक्ष बासु अधिकारीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष नारायण न्यौपानेले गर्नु भएको थियो भने प्रमुख अतिथी गरुडा नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष चुनचुन साह रहनु भएको थियो । त्यसैगरि कार्यक्रममा बंशिराम जयसवाल , अनाथलयका अध्यक्ष भुवनेस्वर प्रसाद जयसवाल ,गरुडा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामराजा केशरी , अनाथलयका व्यवस्थापन समितीका सचिव गणेश साह , पोष्ट रिजन चियरपर्सन बिनोद गुप्ता, लगायत सञ्चारकर्मीहरु लगायतको सहभागीता रहेको थियो । क्लवले स्वास्थ्य, शिक्षा, वातावरण , बालश्रम र माहामारी बिरुद्घको बिषयमा बिभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस