महोत्तरी जिल्लामा वर्षाको कारण नगरपालिकामा आवत जावत बन्द

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ अषाढ १९, शनिबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail


नरेन्द्र महतो गौशाला । असार १९ गते

शनिवार विहानै देखि लगातार भारि वर्षाको कारण महोत्तरी जिल्लाको गौशाला नगरपालिका डुवानमा परेका छन। गौशाला वजारको तिन तिर पानि भरिएकोले सर्वसधारणहरुको आवत जावत बन्द भएको स्थानियहरुले जनाएका छन ।

वडा न।५ मा रहेको मनोज कुमार साहको घरमा नाला सफा नभएका कारण घर भित्र दुई मिटर पानि पसेकोले सरसमान नष्ट भएका छन त्यस्तै निगौल चौकमा रहेका फर्निचर, टालि बनाउन राखेको वीस वोरा सिमेन्ट नष्ट भएका स्थानियहरुले जनाएका छन ।

जनसंख्या बढि भएको तर पानि निकासको लागि नाला नभएको , एउटा नाला भए पनि सफा नगरेको कारण घर घरमा पानि पसिरहेको उनिहरुले बताएका छन त्यस्तै जानकी वो। विधालयमा पानि पसेको शिक्षक वद्री रायले बताए ईलाका प्रहरी कार्यालय देखि उत्तर,पुर्व तथा ब्रहमस्थान देखि उत्तर र गौशाला जिरो माईल र निगौल चौक भन्दा पशिच्म पुर्वमा रहेका बस्तिहरु डुवानमा परेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस