सिरहामा माटो निकाल्दै गर्दा ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु , अन्य पाँच जना घाइते

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ कार्तिक १०, बुधबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

राजेन्द्र महतो लहान कार्तिक १० गते।

सिरहाको धनगढीमाई नगरपालिकामा माटो निकाल्दै गर्दा ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन ।   जिल्लाको धनगढीमाई नगरपालिका जयपुर टोलका प्रकाश कामैतकी ११ वर्षीया छोरी करिश्मा कुमारी कामैत को मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँदेखि करिब  दुई सय मिटरको दूरीमा रहेको माटो लिने ठाउँमा माटो निकाल्दै गर्दा पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै उनि संग माटो लिन गएका ममतादेवी कामैत,  सरिता महतो, सविता यादव, सीतादेवी कामैत र रुवि कामैत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डि एस पी तथा सूचना अधिकारी सुभाष बुढाथोकीले बताएका छ्न ।  ढिस्कोमा परी गम्भीर घाइते सवितालाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस