माैलापुर नगरपालिकाकाे नगर प्रमुख रिना साहले गरिन झोलुङ्गे पुलको उद्घघाटन

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ कार्तिक १८, बिहिबार (४ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

कृष्ण तिवारी । कार्तिक १७ गते। रौतहट ।

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ , पतौरा स्थित भकुवा खोलामा निर्मित झोलुङ्गे पुल नगर प्रमुख रिना कुमारी साहले उद्घाटन गरेका छिन । पुलको लम्बाइ १०५ फिट चौडाई ४ फिट र २८लाख ६० हजारमा पुल निर्माणबाट पतौराका जनताहरु प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । कृषि कर्मको लागि सुरक्षीत रूपमा भकुवा खोला ओहोरदोहोर गर्न सजिलो हुने भयो । पुलको उद्घाटन कार्यक्रममा नगर उप प्रमुख गौरीशंकर जयसवाल, मौलापुर नगरपालिकाको प्रमुख प्रसाश्कीय अधिकृत रामबाबु साह वडा अध्यक्ष वहिदार राउत कुर्मी, स्थानीय नेताहरू एवं जनसमुदायको उपस्थितिरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस